सिराहा ।

फागुन महिनाको मासिक प्रतिबेदन र तेस्रो त्रैमासिकको स्वतः प्रकाशन गर्न सिरहाका सिडियोले निर्देशन जारी गरेका छन । सिरहा जिल्ला स्थित कार्यालयहरुको सूचना अधिकारीहरुको तेस्रो त्रैमासिक बैठकवाट निर्णय गराइ सिरहाका सिडियो भोजराज खतिवडाले त्यस्तो निर्देशन जारी गरेका हुन् ।

२०६४ सालमा बनेको सूचनाको हक सम्बन्धी ऐन यतिबेला सिरहामा कार्यान्वयन हुन लागेको र ती कानूनको कार्यान्वयनमा सूचना हकका लागी अभियानमा लागेका अभियानकर्ताहरुको कारण सम्भव भएकोले माग बमोजिमको सूचना उपलब्ध गराउन सिरहाका सहायक सिडियोले बैठकमा सहभागी सूचना अधिकारीहरुलाइ निर्देशन जारी गरेका छन् ।

फाल्गुन महिनाको मासिक प्रतिबेदन र तेस्रो त्रैमासिकको स्वतस् प्रकाशन, सूचना अधिकारीहरुको फ्लेक्स बोर्ड झुण्ड्याउने,कार्यालय प्रमुख आफै सूचना अधिकारी नभइ स्थायी कर्मचारीलाइ तोकी जानकारी गराउने, कार्यालय प्रमुख,लेखाप्रमुख र प्राबिधिक प्रमुखले कार्यालयको सूचना सूचना अधिकारीलाई उपलब्ध गराउने ,सूचना अधिकारीलाई सीमकार्ड र सोमा लाग्ने रिचार्जका लागी खर्च उपलब्ध गराउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय सिराहाका प्रशासकीय अधिकृत तथा सूचना अधिकारी भवेश झाले बताए ।