झापा । 

ईलाका प्रहरी कार्यालय नकल बन्दाको प्रहरी टोलीले तीन वटा गाई, एउण्टा बाछी र एउटा बाछा नियन्त्रणमा लिएको छ । 

झापाको मेचीनगर नगरपालिका वडा नं. ६ बाट बुधवार (आज) बिहान भारततर्फ लादैं गरेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको हो । 

नियन्त्रिति गाई बाछा आवश्यक संरक्षणको लागि झापा शिवसताक्षी नगरपालिका वडा नं. ११ मा रहेको शिव सताक्षीधाम गौशाला पठाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।