बिर्तामोड ।
रामनवमीको अवसरमा हिन्दु धर्मको उत्थान गर्ने उदेश्यले मारवाडी युवा मञ्च बिर्तामोडले चैत १६ गते ‘मेरो श्री राम बाइक तथा कार र्याली’ गर्ने भएको छ ।
रामनवमीको अवसर पारेर पश्चिमी सभ्यता तीर गइरहेको संस्कारलाई निरुत्साहित गर्न गत बर्षदेखि मारवाडी युवा मञ्चले र्याली गर्दै आएको जनाएको छ । मञ्चले शनिवार बिर्तामोडमा पत्रकार भेटघाटको आयोजना गर्दै ‘मेरो श्री राम बाइक तथा कार र्याली’ का बारेमा जानकारी दिएको हो ।
ताण्डप, झाँकीसहित बिर्तामोडको बालाजी मन्दिरबाट शुरु हुने र्याली मुक्तिचोक, सुगम पेट्रोलपम्प, मुक्तिचोक, बिर्ताबजार, चारपाने हुँदै बालाजी मन्दिरमा आएर समापन गरिने मारवाडी सेवा समिति बिर्तामोडमा सचिव दीपक मित्तिलले जानकारी दिए ।
भगवान रामको जन्मोत्सवलाई भब्य र सभ्य बनाउन र्याली गरिएको उक्त कार्यक्रमका संयोजक बिशाल गोयलले बताए । उनका अनुसार बाइक तथा कार र्यालीमा पाँच सयबढि सवारी साधन रहनेछन् । १६ गते दिउसो ३ बजे भेला भएर ४ बजेदेखि र्याली गर्ने जनाइएको छ ।
र्यालीमा मारवाडी सेवा समिति, मारवाडी युमनती मञ्च, अग्रशन भवन, मारवाडी महिला मञ्च, बालाजी मन्दिर ब्यवस्थापन समिति, छठ युवा फ्रन्ट बिर्तामोड, कृष्ण प्रणामी युवा परिसदलगायतका संघ/संस्थाको सहभागीता रहने मञ्चका अध्यक्ष टेकेन्द्र अग्रवालले जानकारी दिए । पत्रकार भेटघाट कार्यक्रमको सञ्चालन मञ्चका सचिव जीवन बंशलले गरेका थिए ।