झापा । 

सवारी ज्यान मुद्दाका फरार झापाको बुद्धशान्ति गाउपालिका वडा नं.२ का ४० बर्षिय कुमार भट्टराईलाई प्रहरीले पक्राउ गरेको छ । 

झापा जिल्ला अदालतको मिति २०७६/१०/२२ गतेको फैसला अनुसार सवारी ज्यान मुद्दामा फरार रहेका प्रतिबादीलाई प्रहरीले पक्राउ गरेको हो । 

 जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागि खटिएको प्रहरी टोलीले चैत ८ गते पक्राउ गरी बिहीवार फैसला कार्यन्वयनको निमित्त झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको थियो । 

अदालतको आदेशले उनलाई कैद भुक्तानको लागि जिल्ला कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । भट्टराईलाई ३ महिना कैद तथा सजाय तोकिएको छ ।