बिराटनगर।

कोशी प्रदेशका मोरङ र झापा जिल्लाका बिभिन्न स्थानहरुबाट नियन्त्रीत लागुऔषध ब्राउन सुगरसहित छ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषधको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा लागू औषध नियन्त्रण ब्युरो बिराटनगरको प्रहरी टोलीले बिराटनगर–१५ बाट, बिराटनगर–११ का २० बर्षीय बिनयक शर्मा र २३ बर्षीय अमरकुमार साहलाई ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

को ८ प ७६२ नम्बरको मोटरसाईकलमा सवार रहेका उनीहरुलाई रोकेर चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट २.६८ ग्राम लागूऔषध ब्राउनसगुर बरामद भएको थियो । त्यसैगरी धरान–१६ का २१ बर्षीय मोहन श्रेष्ठ र लालिगुराँस नगरपालिका–७ तेह्रथुमका २८ बर्षीय राजेन्द्र भण्डारीलाई समेत बिराटनगर–१५ बाट १.५० ग्राम लागू औषध ब्राउन सगुरसहित सोही टोलीले बुधवार दिउँसो पक्राउ गरेको हो ।

त्यस्तै कोठा भाडामा लिएर लागू औषध बेचबिखन भईरहेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय पथरीको प्रहरी टोलीले कमल गाउँपालिका–७ घर भई पथरीमा बस्दै आएकी ३७ बर्षीया सन्जु फागोलाई लागू औषध ब्राउन सुगरसहित पक्राउ गरेको छ । फागोको साथबाट प्रहरीले २३० मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो ।  लागू औषधसहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरीले जनाएको छ ।