हल्दीबारी । 

झापाको बिर्तामोड नगरपालिका आदर्श चोकबाट नडियाबारी, चिन्तन चौतारी हुँदै दक्षिण कचनकवल, हल्दिबारी  गाउँपालिका जोड्ने उत्तर, दक्षिण जोड्ने मुख्य सडक  मर्मत गर्न स्थानीयले बिर्तामोड नगरपालिकासँग माग गरेका छन्। 

सडक ठाँउ–ठाँउमा कालोपत्रे उक्किएर फुटेर खाल्डा–खुल्डी परेको साथै वर्षा याममा पानी जम्ने हुनाले सो बाटोमा दुई पाङ्ग्रेदेखि अन्य सबै प्रकारका सवारीका साधन तथा मानिसको आवत–जावत गर्दा अत्यन्तै कठिन पर्ने र दुर्घटनाको उच्च जोखिम रहेकाले बाटो मर्मत गरिदिन स्थानीयले बिर्तामोड नगरपालिकाका मेयरसँग माग गरेका हुन् । 

उक्त सडक मर्मतका लागि बिर्तामोड नगर प्रमुखलाई लिखित निवेदन दिएको स्थानीय प्रलाद शिलवालले बताए। कालेपत्रे सडक भत्किएर अहिले उक्त बाटोमा यात्रा गर्न अत्यन्तै कठिन रहेको छ उनको भनाई  छ।

सामान्य मर्मत गर्ने काम समेत नगरिदा सडक थप बिग्रेको हो। सडक मर्मत नहुँदा कचनकवल, हल्दीबारी र बिर्तामोडका दक्षिणी भेगका स्थानीयले दुःख र सास्ती बिहोर्नु परेको छ।  सडक यथाशीघ्र मर्मत गरिदिन उनीहरूले माग गरेका छन् ।