झापा ।
प्रतिबन्धित लागू औषधसहित झापाको मेचीनगर नगरपालिका वडा नं.६ मेचिपुलबाट एक जना भारतीयलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टा संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका ३४ बर्षिय ताहिर हुसैनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
भारतको काक्रामारी छतारगाछ किसनगञ्ज बिहार ८५५११७ बस्ने मोहमद डोमाको छोरा हुसैनलाई नियन्णमा लिएको प्रहरीले जनाएको छ । पैदल नेपाल आउँदै गरेका हुसैनलाई शंका लागेर चेकजाँच गर्दाउनको साथबाट प्रतिबन्धित लागू औषध खैरो हिरोईन जस्तो देखिने लिसाईलो पदार्थ ४ ग्राम फेला परेकोले नियन्त्रणमा लिईएको हो ।
नियन्त्रणमा रहेका हुसैनलाई ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।