•  चन्द्र बस्नेत  

कनकाई ।                                         

झापाको कनकाईमा एकैसाथ आज बुधबार दुई  स्थानमा  महायज्ञ उद्धघाटन  भएको छ।  कनकाई १ स्थित दुर्गापुर बजारको इतिहाससँग जोडिएको पूर्व–पश्चिम् राजमार्ग उत्तर श्री नवदुर्गा भगवती (मनसादेवी) मन्दिर परिसर र कनकाई वडा न २ स्थित जामुनाबारी सामुदायिक वन उपभोक्ता समितिको गेट पूर्वपट्टि दाता परिवारबाट निर्माण गरिएको श्री पञ्चकन्या पाथिभरा देवीको प्राग्गडमा आजदेखी  आगामी १६ गते सम्म महायज्ञको आयोजना गरिएको हो । 

दाता परिवार  राजेन्द्रकुमार विष्ट र युवकला विष्टले निर्माण गराएको कनकाई २ मा रहेको महायज्ञ  परिसरबाट आज विहान ८ः३० बजेको समयमा कलश यात्रा सुरु भइ १०ः ३० बजे महायज्ञको उद्घाटन गरिएको सञ्चार संयोजक मन नेम्वाङले जानकारी दिए।  प्राकृतिक पर्यापर्यटनको विकास गर्ने उद्देश्यले झापामै पहिलो पटक जामुनखाडी  सामुदायिक वनले सञ्चालनमा ल्याएको जामुनखाडी सिमसार पर्यटकीय स्थलमा धार्मिक पर्यटनलाई पनि जोडने उद्देश्यले जामुनखाडी सामुदायिक वन संरक्षक रहेर श्री पञ्चकन्या पाथिभरा देवी मन्दिर समितिले महायज्ञको आयोजना सुरु गरिएको  पुराण  मुल आयोजक समितिका संयोजक बुद्धिमान बोहोराले जानकारी दिए।  

 यता कनकाई १ स्थित दुर्गापुर बजारको इतिहाससँग जोडिएको पुर्व–पश्चिम् राजमार्ग उत्तर श्री नवदुर्गा भगवती (मनसादेवी) मन्दिर परिसरमा समेत   महायज्ञको उद्घाटन गरिएको छ। कोशी प्रदेशका उद्योग, कृषि, सहकारी तथा गरिवी निवारण मन्त्री भक्तिप्रसाद सिटौला र कनकाई नगरपालिका प्रमुख राजेन्द्रकुमार पोख्रेलले  एकै साथ महायज्ञको उद्घाटन गरेको महायज्ञ  मुल आयोजक समितिकि संयोजक सरला दाहाल पोखरेलले जानकारी दिइन् ।

आज चैत ८ मा उद्घाटन भएको महायज्ञ आगामी १६ गते समापन हुने महायज्ञ सामुदायिक भवन निर्माण र अक्षयकोष वृद्धि गर्ने उद्देश्यका साथ नौ दिवसीय श्रीमद देवीभागवत महापुराण नवाह ज्ञान महायज्ञ संचालन गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद निरौलाले जानकारी दिए । आज बिहान ११ बजे मन्दिर परिसरबाट सयौं को संख्यामा दाजु भाइ तथा दिदीबहिनीहरुको सहभागितामा सुरु गरिएको कलश यात्रा कनकाई नदिमा गइ जल लिएर मन्दिर परिसरमा पुन आई  एक विशेष समारोहका साथ भव्य रुपमा उद्घाटन गरिएको  थियो। कार्यक्रममा विभिन्न सघ सस्थाका प्रमुख तथा प्रतिनिधि,  विभिन्न क्लबका प्रमुख तथा प्रतिनिधि विभिन्न महिला समुह, भजन कृतन मन्डली, युवा तथा जेष्ठ नागरिक लगायत हजारौं भक्तजनहरुको उपस्थिति रहेकोे थियो ।