कनकाई  ।  

संचारकर्मी एवम् आगन एफ एफका कार्यक्रम प्रस्तोता  बसन्त नेपाललाई मातृशोक परेको छ । नेपालकी आमा तुलसादेवी नेपालको आज बुधबार  बिहान ७ : २० बजे ६४ बर्षको उमेरमा असामयीक निधन भएको हो ।

एक वर्ष देखि क्न्यासर रोगबाट ग्रसित नेपालको असामयीक निधन भएको हो।  उनको आजै मध्याह्न १२ बजे कन्काई माईमा  दाहासंस्कार गरिएको  सन्चार्कर्मी चेतन लामीछानेले जानकारी दिए ।

नेपालका ३ छोरा  र ५  छोरी रहेका छन् । छोराहरुमा बसन्त,खेम र देबेन्द्र हुन् । छोरीहरु बालिका, गोमा दाहाल, सिता बुढाथोकी, टिका भण्डारी र भुमिका कटुवाल रहेका छन् ।