झापा । 

झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ३ बिर्ताबजार–घैलाडुब्बा भित्री सडक खण्डमा पैदल हिडिरहेका एक जनालाई प्रहरीले लागू औषधसहित पक्राउ गरेको छ । 

प्रहरी चौकी बिर्ता बजारको प्रहरी टोलीले बिर्तामोड नगरपालिका वडा नं.२ का  २६ बर्षिय दयालाल राजबंशीलाई लागू औषधसहित नियन्त्रणमा लिएको हो । 

पैदल यात्री राजवंशीलाई शंका लागेर चेक जाँच गर्दा उनको साथबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगर जस्तो देखिने लिसाईलो पदार्थ १ ग्राम ८०० मिलि ग्राम फेला परेको थियो ।

 उनको साथबाट लागू औषध फेला परेपछि राजवंशीलाई उनको साथमा रहेको नगद ६ हजार ७५० रुपैयाँ र साम्सुङ मोबाईल १ थानसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । राजवंशीलाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय अनारमनी झापामा राखेर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।