कोटीहोम । 

गौतम समाज झापाको अध्यक्षमा नीतिरमण गौतम चयन भएका छन् । कोटीहोमस्थित अत्रि अनुुसुया भवनमा आज आयोजित अधिवेशनबाट अध्यक्षमा नीतिरमण, बरिष्ठ उपाध्यक्षमा भागवत गौतम, उपाध्यक्षत्रयमा राजकुमार, कृष्ण र उर्मिला गौतम रहेका छन् ।

त्यसैगरी सचिवमा सोमनाथ गौतम पुनः दोहोरिएका छन् भने सहसचिवमा विष्णुप्रसाद गौतम चयन हुँदा कोषाध्यक्षमा लक्ष्मी गौतम चयन भएको निर्वाचन समिति संयोजक मित्रप्रसाद गौतमले जानकारी दिए । कार्यसमितिमा प्रत्येक पालिकाबाट कम्तीमा १/१ जना सदस्य रहने जनाइएको छ ।

यसअघि अध्यक्ष हरि गौतमको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन कोशी प्रदेशका  प्रदेश प्रमुख बाबुराजा गौतमले गरेका थिए । गौतम बन्धु समाजको भवन निर्माणदेखि अक्षयकोष स्थापना तथा ज्येष्ठ पुस्ता लगायतलाई सम्मान गरिएको कार्यक्रमको सञ्चालन सोमनाथ गौतमले गरेका थिए भने स्वागत भागवत गौतमले गरेका थिए ।