भद्रपुर ।
प्रेस क्लब भद्रपुरले भवन निर्माण गर्ने भएको छ । शुक्रवार चैत ३ गते क्लबका अध्यक्ष राजबाबु शंकरको अध्यक्षतामा भएको पदाधिकारी एवम् सदस्यहरू समेतको बैठकले भद्रपुर– ८ स्थित पत्रकार महासंघ, झापा शाखाको भवनको माथिल्लो तला निर्माण गर्ने निर्णय गरेको हो ।
![](/uploads/advertise/amiti collage_1719659707.jpg)
एक तले साविक भवनमा माथिल्लो तला निर्माण गरेर प्रेस क्लबको प्रयोजनमा सञ्चालन गर्नका निम्ति गत कार्तिक २५ गते सम्पन्न नेपाल पत्रकार महासंघको झापा जिल्ला शाखाको साधारणसभाबाट अनुमोदन भएअनुरुप फागुन २९ गते शाखाले प्रेस क्लब–भद्रपुरलाई औपचारिक अख्तियारी दिएपछि भएको क्लबको बैठकले आरसीसी संरचनाको एक तला निर्माण गर्न अध्यक्ष शंकरको संयोजकत्वमा उपाध्यक्ष रोहित काफ्ले– सहसंयोजक तथा कोषाध्यक्ष इशा प्रधान, दीपक अधिकारी, ईश्वर अधिकारी, उत्तम नेपाल र पार्थ मण्डल सदस्य रहेको ‘भवन निर्माण समिति’ गठन गरेको छ ।
साथै, बैठकले गोविन्दचन्द्र छेत्रीको संयोजकत्वमा नकुल काजी, गोपाल गिरी, माधव विद्रोही, चिन्तामणि दाहाल, तारामणि सापकोटा, चूडामणि वशिष्ठ, कृष्ण दाहाल र पत्रकार महासंघ झापा शाखाका सहसचिव राजु पाठक सदस्य रहेको ९ सदस्यीय ‘सहयोग तथा अनुगमन समिति’ समेत गठन गर्ने निर्णय गरेको छ ।
![](/uploads/advertise/bells add 2_1719834723.jpg)
भवन निर्माणका लागि क्लबमा आबद्ध सम्पूर्ण सदस्यबाट प्रति सदस्य न्यूनतम ५ हजार रुपैयाँ संकलन गरेर आर्थिक स्रोत जुटाउन शुरुवात गर्ने निर्णय गर्दै सो बैठकले आवश्यक थप स्रोत व्यवस्थापनका लागि विभिन्न निकाय, संघ–संस्था र उद्योगी–व्यवसायीहरूलाई आह्वान गर्ने पनि निर्णय गरेको प्रस क्लब–भद्रपुरले जनाएको छ ।