झापा । 

झापाका बिभिन्न स्थानबाट आठ लाख ५० हजार रुपैयाँ बराबरको भारतबाट भञ्सार छलेर नेपाल भित्र्याएको र नेपालबाट भञ्सार छलि भारत पठाउन लागेको सामाग्री प्रहरीले नियन्त्रणमा लिएको छ । 

झापाको मेचीनगर र भद्रपुर नगरपालिकाबाट प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि प्रहरीले भञ्सार कार्यालय पठाएको जनाएको हो । 

वडा प्रहरी कार्यालय भद्रपुर र जिल्ला प्रहरी कार्यालय झापाको संयुक्त प्रहरी टोलीले भद्रपुर–८ गणेश मन्दिर छेउ बस्ने मोहमद अफरोजको घरमा भारतबाट भन्सार छलेर ल्याई राखेको ५ पोका कपडा र ३ पोका झुल नियनत्रणमा लिएको हो । 

त्यस्तै ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय नकाल बन्दाको संयुक्त प्रहरीको टोलिले गोप्य सुचनाको आधारमा मेचीनगर– ५ राजवंशी टोल बस्ने कालि चरणको घरमा नेपालबाट अबैध रुपमा भन्सार छलि भारततर्फ लानको लागि राखिएको बिभिन्न किसिमको कस्मेटिक सामानहरू पक्राउ गरेको जिल्ल प्रहरी कार्यालय झापाले जनाएको छ ।