झापा । 

पशुपंक्षी सम्बन्धि कसुर मुद्दाका फरार झापाको भद्रपुर नगरपालिका वडा नं.४ का २८ बर्षिय अनिल श्रेष्ठ भन्ने अनिल दर्शनधारीलाई प्रहरीले पक्राउ गरेको छ । 

झापा जिल्ला अदालतको मिति २०७९/०७/२३ गतेको फैसला अनुसार पशुपंक्षी सम्बन्धि कसुर मुद्दामा फरार रहेका अनिल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागि खटिएको प्रहरी टोलीले शुक्रवार पक्राउ गरी फैसला कार्यन्वयनको झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको थियो । 

एक बर्ष कैद तथा सजाय तोकिएका फरार श्रेष्ठलाई अदालतको आदेश अनुसार कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ  ।