बिराटनगर ।
झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित चार जनालाई प्रहरी पक्राउ गरेको छ । हिजो बेलुका झापाको दमक नगरपालिका-१ स्थितमा लागुऔषध बिक्री बितरण भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक -७ का २३ बर्षीय रविन कटुवाल र उनको श्रीमती २१ बर्षीया अनिता बि.क.लाई ६ सय ७० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । सोही दिन मोरङको बिराटनगर महानगरपालिका-१५ ढाट स्थितमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको को. २७ प ८८९५ नम्बरको मोटरसाईकलको ट्याङकी मुनि लुकाई छिपाई राखेको अवस्थामा ८ ग्राम ७८ मिलि ग्राम ब्राउन सुगर फेला पारे सगै मोटरसाईकलमा सवार रहेका धरान-८ का ३० बर्षीय जंगमनी मगर र धरान- ७ का २७ बर्षीय बिक्रम राईलाई पक्राउ गरेको हो । लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका उनिहरुको सम्बन्धित कार्यालयबाट थप अनुसन्धान भईरहेको छ ।