बिर्तामोड । 

सनातन धर्म सेवा समिति जिल्ला शाखा झापाको ३९औं वार्षिकोत्सबको अवसरमा तीन जना सम्मानीन भएका छन् । ब्यवसायी तथा समाजसेवी नवीन दंगाल , नैनकला भट्टराई र मोहनप्रसाद भट्टराईलाई संस्थाले सम्मान गरेको हो ।

संस्थाका कार्यबाहक सभापति सोमनाथ सुबेदीको अध्यक्षता भएको कार्यक्रममा सामाजिक तथा धार्मिक ब्यक्तित्वलाई बर्षेनी सम्मान गरिदै आएको छ। कार्यक्रमका प्रमुख अतिथि शिक्षासेवी तथा गोमेन्द्र बहुमुखी कलेजका संस्थापक गणेशप्रसाद खनालले दोसल्ला ओढाएका थिए भने सभाध्यक्ष सुबेदीले सम्मान पत्र प्रदान गरेका थिए ।

कार्यक्रमका गोमेन्द्र  बहुमुखी कलेजका प्राचार्य डा.रूपक खनाल, जिल्ला समन्वय समितिका पूर्व प्रमुख सोमनाथ पोर्तेल, समाजसेवी तथा  ब्यवसायी देबिभक्त श्रेष्ठ,बिर्तामोड उधोग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजु न्यौपाने लगायतको उपस्थिति रहेको थियो । स्वागत संस्थाका उप–सभापति गंगाप्रसाद भट्टराई गरेको कार्यक्रमको सञ्चालन संस्थाका सचिब लक्ष्मीप्रसाद दंगालले गरेका थिए।