झापा । 

भापाको मेचीनगर नगरपालिका वडा नम्बर ५ स्थित मलामी घरबाट प्रतिबन्धित लोकल तथा बोइलर कुखुरा प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेको छ । 

ईलाका प्रहरी कार्यालय नकलबन्दाको प्रहरी टोली र बिओपी नकलबन्दाको शसस्त्र प्रहरी बलको संयक्त टोलीले भारतबाट अबैध रुपमा नेपालतर्फ ल्याउदै गरेको प्रतिबन्धित कुखुरा प्रहरीले नियन्त्रणमा लिएको थियो । 

प्रहरीले २४ वटा लोकल र १६ वटा बोइलर कुखुरा अन्दाजी २० हजार रुपैयाँ बराबरको नियन्त्रणमा लिएर पशु क्वारेनटाईन कार्यलय काँकरभिट्टा झापाका कार्यालय प्रमुख मुकेशकुमार सिंहको उपस्थितिमा खाल्डो खनेर नष्ट गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।