झापा ।
ईलाका प्रहरी कार्यालय काँकरभिट्टाको प्रहरी टोलीले अवैध रुपमा ल्याएको काठ र ट्याक्टरसहित एकजनालाई मंगलबार (आज) प्रहरीले नियन्त्रणमा लिएको छ ।

झापा मेचीनगर नगरपालिका वडा नं.२ सरस्वती टोलबाट उत्तरदेखि दक्षिणतर्फ जाँदै गरेको मे १ त ६३१९ नं.को ट्याक्टरलाई चेकजाँच गर्दा अवैध रुपमा लादैं गरेको अवस्थामा प्रहरीले नियनत्रणमा लिएको हो ।
ट्याक्टरमा लादै गरेको कदम र सिरिस जातको अन्दाजी १६० क्युफिट गोलिया काठ फेला परेपछि चालक सोही स्थानमा २२ बर्षिय सर्बन राईसहित नियन्त्रणमा लिएको जनाइएको छ ।
नियन्त्रण गरिएको काठ र ट्याक्टर आवश्यक कार्वाहीको लागि डिभीजन वन कार्यालय चन्द्रगढी झापा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।