झापा । 

झापाको बिर्तामोड नगरपालिका र मेचीनगरपालिकाबाट प्रहरीले २ लाख ४० हजार रुपैयाँ बराबरको अवैध सामान नियन्त्रणमा लिएको छ । 

ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र प्रहरी चौकी बिर्ताबजार को प्रहरी टोलीले  मेचीनगर नगरपालिका वडा नं.६ बसपार्कबाट र बिर्तामोड नगरपालिका वडा नं.३ डोमालाल राजवंशी रङशालाबाट  भारतबाट अबैध रुपमा भन्सार छलेर नेपालतर्फ ल्याउदै गरेको विभिन्न किसिमका सामाग्री नियन्त्रणमा लिएको हो । 

प्रहरीले कपडा र सुकेको सिध्रा अन्दाजी ३७० केजि, मिश्रि २५ केजी र सुकेको नरिवल १५ केजी जम्मा २ लाख ४० हजार रुपैयाँ बराबरको बरामद गरि आवश्यक कार्वाहीको लागि मेची भन्सार कार्यालय काकँरभिट्टा बुझाउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।