झापा ।
झापाबाट लागूऔषध मुद्दामा फरार रहेका एक जनालाई मेचीनगर नगरपालिका वडा नम्बर ६ का २१ बर्षिय बिशाल कन्दङ्वालाई प्रहरीले पक्राउ गरेको छ ।
झापा जिल्ला अदालतको मिति २०७५/०५/०९ गतेको फैसला अनुसार लागूऔषध मुद्दामा फरार रहेका कन्दङ्वालाई जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागि खटिएको प्रहरी टोलीले सोमवार पक्राउ गरेको हो ।
उनलाई पक्राउ गरी फैसला कार्यन्वयनकोलागि झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको र अदालतको आदेश अनुसार कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
कन्दङ्वालाई २ बर्ष कैद सजाय र एकला रुपैयाँ जरिवाना तोकिएको थियो ।