बिराटनगर।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर आरआइटी समुहको प्रहरी टोलीले प्रतिबन्धित औषधीसहित दुई जनालाई पक्राउ गरेको छ ।
सुनसरीको धरान उप–महानगरपालिका–१६ नौलो बस्तीमा कालु शाहका छोरा २७ बर्षीय प्रभु शाह र २४ बर्षीय नारायण शाहलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा घरको पछाडी लुकाईछिपाई राखेको अवस्थामा प्रतिबन्धित औषधी tramol50 -१२ हजार २०० क्याप्सुल र spaspin- ५३० ट्याबलेट फेला पारी पक्राउ गरेको हो ।
प्रतिबन्धित औषधीसहित पक्राउ परेका उनीहरुको ईलाका प्रहरी कार्यालय धरानले थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरीले जनाएको छ ।