झापा । 

झापाका बिभिन्न स्थानबाट २ लाख ४० हजार ५ सय रुपैयाँ बराबरको अवैध सामाग्री प्रहरीले नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय काकँरभिट्टा, अस्थाई प्रहरी चौकी कुटी, प्रहरी चौकी सतिघट्टाको प्रहरी टोलीले भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको सामान बरामद गरेको हो । 

झापा मेचीनगर–७ पालिया पुल, कचनकवल गाउँपालिका वडा नं.१ (१२७ नं. पिलर ) र मेचीनगर–७ धनकुटे बस्तिबाट प्रहरीले उक्त सामाग्री नियन्त्रणमा लिएको हो । 

 भारतबाट अबैध रुपमा भन्सार छलेर नेपालतर्फ ल्याउदै गरेको घर्रामा प्रयोग हुने १५० जोर स्लाईड च्यानल, नेपालबाट भारततर्फ अबैध रुपमा लैजादै गरेको २५ के.जि. सुपाडी, भन्सार छलेर नेपालतर्फ ल्याउदै गरेको १५० के.जी.चिनी, भन्सार छलेर नेपालतर्फ ल्याई राखेको सिल्कि कपडा २२ रोल, ब्लाउज सिलाउने लुगा १ रोल र भाँडा धुने साबुन ५ कार्टुन जम्मा गरेर २ लाख ४० हजार ५०० रुपैयाँ बराबरको सामाग्री प्रहरीले नियन्त्रणमा लिएको छ । 

नियन्त्रणमा लिएका सामाग्री आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय बुझाउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।