झापा ।
मध्यपहाडी लोकमार्ग अन्तर्गत फिकल गाउँपालिका–४ कुइभिरडाँडामा आइतवार (आज) बिहान बस दुर्घटना हुँदा ५ जनाको घटना स्थलमै मृत्यु भएको छ ।
ओखलढुङ्गाबाट काठमाडौँ जाँदै गरेको बा २ ख ६५९६ नम्बरको बस ‘ब्रेक’ फेल भएर दुर्घटना भएको जनाइएको छ ।
दुर्घटनामा १९ जना घाइते भएका र उनीहरुको खुर्कोटस्थित अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिनुभयो । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।