मोरङ ।

मोरङको बिराटनगर महानगरपालिका–६ बाट हुण्डी कारोवारमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिराटनगर–१५ का ३१ बर्षीय धर्मानन्द साह रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले हुण्डी कारोवारमा संलग्न रहेका साहलाई नगद ४ लाख ७५ हजार रुपैयाँ, बिभिन्न बैंकहरुको चेक, एटीएम कार्ड, भौचर तथा को.२९ प ९७३९ नम्वरको मोटरसाईकलसहित पक्राउ गरेको हो ।

बिहिवार पक्राउ परेका साहको मोरङ जिल्ला अदालतबाट हुण्डी सम्बन्धि कसूरमा म्याद थप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।