बिराटनगर।
मोरङ र सुनसरीका छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागू औषध ब्राउन सुगर र नियन्त्रित औषधीसहित तीन् जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय धरानको प्रहरी टोलीले खोटाङको बाक्सिला घर भई धरान उपमहानगरपालिका–१५ मा डेरा गरी बस्दै आएका ४० बर्षीय जीवन राई र धरान १५ का २६ बर्षीय रुकमान मगरलाई १ ग्राम २० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
त्यस्तै मोरङको कानेपोखरी गाउँपालिका–४ का १९ बर्षीय संजय दर्जीलाई नियन्त्रित औषधि स्पासपेन ९९ चक्की र ट्रामाड्रोल १०४ चक्कीसहित प्रहरी चौकी रमाईलो मोरङको प्रहरी गस्ती टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुको सम्बन्धित प्रहरी कार्यालयले थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरीले जनाएको छ ।