झापा । 

झापाको भद्रपुर नगरपालिका वडा नं.५ मेचीपुलबाट प्रतिबन्धित लागू औषधसहित स्कुटी र एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी बिट मेचीपुलको प्रहरी टोली र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले ईलामको चुलाचुली गाउँपालिका वडा नं.१ की अन्दाजी ३४ बर्षिया मञ्जु चापागाईलाई प्रहरीले पक्राउ गरेको हो । 

भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश नं.१–०१–०१३ प.१९७३ नं.को स्कुटी चालक चापागाईलाई शंका लागि चेकजाँच गर्दा उनको साथबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो लिसाईलो पदार्थ १६ ग्राम ८०० मिलिग्राम फेला परेको थियो । लागूऔषध फेला परेपछि उनलाई नियन्त्रणमा लिएर उनको साथबाट नगद नेपाली ५ हजार ७५ रुपैयाँ र रेडमी मोबाईल १ थानसहित स्कुटी बरामद गरेको हो । 

उनलाई लागूऔषध, नगद र मोबाईलसहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालयले झापाले जनाएको छ ।