बिराटनगर।
सुनसरीबाट प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको दुहबी नगरपालिका–५ फुटबल चोक स्थितमा ईलाका प्रहरी कार्यालय दुहबीको प्रहरी टोलीले बिराटनगरबाट ईटहरी तर्फ जादै गरेको मे ११ प ६१७८ नम्बरको स्कुटिलाई रोकी चेकजाँच गर्दा उनीहरुलाई पक्राउ गरिएको हो ।
स्कुटि चालक झापा कमल गाँउपालिका ८ का २७ बर्षीय अर्जुन सुब्बा र स्कुटिमा पछाडी सवार झापा शिवसताक्षि नगरपालिका–८ का २१ बर्षीय मुकेश चौधरीको साथबाट ८.७ ग्राम ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको हो ।
प्रतिबन्धित लागू औषधसहित पक्राउ परेका उनीहरुको सम्बन्धित कार्यालयले थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरीले जनाएको छ ।