झापा । 

झापामा बन्दको प्रभाव नरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । झापामा यातायात सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्र रिजालले जानकारी दिए । 

कोशी प्रदेश खारेजीको माग गर्दै किरात मोर्चाले पूर्वी नेपालमा शुक्रबार (आज) आह्वान गरेको बन्दको प्रभाव नरहेको उनले बताए । 

डिएसपी रिजालका अनुसार सामाजिक सञ्जाल मार्फत आव्हान गरेको बन्दको प्रभाव झापामा रहेको छैन । उनले पहाडी जिल्लाबाट आउने यातायातका साधन आइनपुगेको जानकारी दिदै झापामा बन्दको प्रभाव नदेखिएको बताए । 

प्रदेशलाई कोशी प्रदेश नामकरण गरेपछि त्यसको बिरुद्ध केही जनजाती मोर्चाहरु बिभन्न मागसहित आन्दोलित भएका छन् ।