झापा ।
झापाको बिर्तामोड नगरपालिका वडा नम्बर २ बाट प्रतिबन्धित लागू औषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बिर्तामोड–२ का २० बर्षिय विश्वास संग्रौलाको कोठामा उनीसहित बिर्तामोड–४ का २० बर्षिय अभिषेक शर्मा र बिर्तामोड– ८ का २० बर्षिया अनिशा मण्डल शंकाष्पद अवस्थामा पक्राउ परेका हुन् ।
गोप्य सुचनाको आधारमा शंकाष्पद अवस्थामा बसिरहेका उनीहरुलाई लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाको प्रहरी टोलीले चेकजाचँ गर्दा अनिशा मण्डलको साथबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ ८ ग्राम, नगद ११ हजार ६०० रुपैयाँ, मोबाइल थान–२, डिजिटल तराजु थान –१ फेला परेपछि उनीहरुलाई सामानसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
नियन्त्रण गरिएको उनीहरुलाई ईलाका प्रहरी कार्यालय अनारमनी झापामा राखेर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।