बिराटनगर ।
मोरङबाट नियन्त्रित औषधीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बिराटचोकको प्रहरी गस्ती टोलीले जिल्ला ईलाम पेल्टिमारी गाँउपालिका–३ घई भई सुन्दरहरैचा–१० त्रिबेणी चोक स्थित डेरा गरी बस्दै आएका २४ बर्षीय सुष्मिता लिम्बुलाई शंकास्पद अवस्थामा फेला पारी उनको कोठामा चेकजाँच गर्दा उक्त कोठाबाट लुकाई छिपाई राखेको स्पासपेन–८५ पिस र ट्रमाडोल–८५ पिस ट्याबलेट गरी १७० पिस नियन्त्रित औषधी बरामद गरेको थियो ।
उक्त औषधी नियन्त्रणसँगै लिम्बु र सोही कोठामा बस्दै आएका झापा पेल्टिमारी–३ का २१ बर्षीय सुजल तामाङ र मोरङ सुन्दरहरैचा–१० का २३ बर्षीय प्रेम खड्का समेतलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका उनीहरुको सम्बन्धित कार्यालयले थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरीले जनाएको छ ।