झापा । 

झापाको मेचीनगर र झापा गाउँपालिकाबाट प्रतिबन्धित लागू औषधसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा गाउँपालिका वडा नं.१ लसुनाका २२ बर्षिय देवेन्द्र चौधरी (समिर) र मेचीनगर नगरपालिका वडा नं.१० धुलाबारी का २४ बर्षिय खातिबुल महमद रहेका छन् । 

ईलाका प्रहरी कार्यालय कुमरखोदको प्रहरी टोलिले चौधरीलाई चेकजाँच गर्दा उनको साथबाट प्रतिबन्धित लागू औषध ब्राउन सुगर जस्तो देखिने लिसाइलो पदार्थ २ ग्राम फेला परेका थियो । लागू औषधसहित नियन्त्रण गरिएका उनलाई  जिल्ला प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान भइरहेको छ । 

त्यसैगरी ईलाका प्रहरी कार्यालय काँकडभिट्टा तथा लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाको संयुक्त प्रहरी टोलीले मेचीनगर–६ मेचीपुलबाट महमदलाई चेकजाँच गर्दा उनको साथबाट प्रतिबन्धित लागूऔषध हिरोईन जस्तो देखिने खैरो लिसाईलो पदार्थ १ ग्राम ५०० मिलिग्राम फेला परेपछि  नियन्त्रणमा लिएको हो । 

नियन्त्रणमा रहेका महमदलाई ईलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।