सुरुङ्गा । 

झापाको कनकाई नगरपालिकाले पनि ११३ औं अन्तर्राष्ट्रिय अन्राष्ट्रिय महिला दिवस विविध कार्यक्रम गरी मनाएको छ । नगरले बुधबार (आज) नगरपालिकामा महिलाहरुलाई सम्मान तथा सांस्कृतिक कार्यक्रम गरेर महिला दिवस मनाएको हो । 

प्रतिनिधिसभाकी उप–सभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्य तथा नगर उप–प्रमुख आशा शर्मा शिवोकाटीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरका सामाजिक क्षेत्रमा योगदान गरेका महिलाहरुलाई सम्मान गरिएको थियो । नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले स्वागत गरेको कार्यक्रममा विभिन्न संस्कृति झल्कने नृत्य प्रस्तुत गरिएको थियो । 

mahila diwas

कार्यक्रममा प्रदेश सभा सदस्य अम्बिका राजवंशी, संघ/संस्थाको तर्फबाट जिल्ला सहकारी संघ झापाकी उपाध्यक्ष चम्फा सुवेदी, निवर्तमान नगर उपप्रमुख मञ्जु प्रसाई, निवर्तमान कार्यपालिका सदस्य सुनिता खरेल सिग्देललगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन वडा नं. १ की वडासदस्य निर्मला खड्का र वडा नं. ८ की वडा सदस्य रिता उप्रेतीले संयुक्त रुपमा गरेका थिए । 

कार्यक्रममा नगरका ९ वटै वडाका वडाध्यक्ष, वडा सदस्य, नगरका बिभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, संघ/संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।