झापा । 

झापाको चारआलीस्थित पाउ पाथीभरा मन्दिरमा श्रीमद् भागवत् महापुराण सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । चैत्र ८ देखि १६ गतेसम्म महायज्ञ आयोजना गरिने पाउ पाथीभरा उत्तरगंगा प्रवेशद्धार पर्यटन प्रर्वद्धन समितिका अध्यक्ष तिलकप्रसाद गिरीले बताएका छन् । 

समाजमा धार्मिक सहिष्णुता कायम गर्दै समाजको मानव उद्धार रश शान्तिका लागि धार्मिक धामको सुदृढ व्यवस्थापन गर्ने उदेश्यले महापुराणको आयोजना गर्न लागिएको बताइएको छ । 

महायज्ञमा आचार्य पं शान्तिराम नेपाल मुख्यबाचकत्व रहने छ भने आचार्य पं पुण्यप्रसाद रिजालबाट पाठ पारायण हुने प्रचार प्रसार उप समितिका संयोजक यामनाथ बरालले जानकारी दिए । 

झापा लगायत अन्य जिल्लाबाट आउँने भक्तजनहरुलाई व्यवस्थापनका सहित पुराण आयोजनाका लागि बिभिन्न उपसमिति समेत गठन गरिएको छ ।

पुराण आयोजना साथै सो बिषयमा बिभिन्न माध्यमबाट भक्तजनसम्म जानकारी पुराउने उदेश्यले प्रचार प्रसारका लागि बिशेष ध्यान दिने प्रचार प्रसार उपसमितिका सदस्य खगेन्द्र घिमिरेले बताए । पुराणमा २० हजार बढी भक्तजन आउने आयोजकले अनुमान गरेको छ ।