ओखलढुंगा ।

ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–३ स्थित भित्रि सडक खण्डमा बलेरो गाडी दुर्घटना हुँदा दुई जनाको घटना स्थलमा नै मृत्यु भएको छ भने १२ घाईते भएका छन् ।

आइतवार (आज)  बिहान पौने ८ बजे ओखलढुंगाको खानिभञ्याङबाट सदरमुकाम आउँदै गरेको ना.१ ज ८४८३  नम्बरको बलेरो गाडी अनियन्त्रित भई सडकबाट करिव १०० मिटर तल झरी दुर्घटना हुँदा चिसंखुगढी–३ का ५२ बर्षीय मिन बहादुर श्रेष्ठ र ७० बर्षीय भक्तबहादुर थापाको घटना स्थलमै मृत्यु भएको हो ।

दुर्घटना स्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको प्रहरी निरीक्षक देबेन्द्र दास सहितको टोलीले गाडीको चालकसहित १० जना घाईतेहरुलाई उद्घार गरी उपचारको लागि सिम्रिक एयरको हेलिकप्टरद्धारा काठमाण्डौ र २ जनालाई एम्बुलेन्सद्वारा मिसन अस्पताल ओखलढुंगा पठाएको छ भने मृतक लाशलाई समेत पोष्टमार्टमको लागि जिल्ला अस्पताल पठाएको छ ।  

उक्त दुर्घटनामा चालक चिसंखुगढी–१ का २५ बर्षीय सुमन कार्की, यात्रुहरु चिसंखुगढी–१ का  ४० बर्षीय केन्द्रबहादुर कार्की, २२ बर्षीय खेमबहादुर खत्री, चिसंखुगढी–२ कि ५७ बर्षीया तिलकुमारी श्रेष्ठ, १३ बर्षीया आयुशा श्रेष्ठ, चिसंखुगढी–३ कि २६ बर्षीया सर्मिला श्रेष्ठ, उनको ४ बर्षीया छोरी लरिसा श्रेष्ठ, सिद्दिचरण नगरपालिका–१० कि ४० बर्षीया तुलसा धमला उनको २ बर्षीय छोरा बिनय धमला र चिसंखुगढी–३ कि ५० बर्षीय तिर्थलक्ष्मी श्रेष्ठ समेतलाई काठमाडौं उपचारका लगिएको छ  । मोलुङ गाउँपालिका– कि ३५ बर्षीया जानुका धमला र उनको छोरा ४ बर्षीय कोसिस धमलालाई मिसन अस्पताल लगिएको प्रहरीले जनाएको छ ।घटनाको बिषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।