बिराटनगर।
मोरङबाट प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
हिजो बेलुका साढे ५ बजे मोरङको पथरीशनिश्चरे नगरपालिका–९ शनिश्चरे बजारमा प्रहरी चौकी कुशेचौरीबाट खटिएको प्रहरी टोलीले सोही स्थान बस्ने २७ बर्षीय आशिष लिम्बुलाई शंकास्पद अवस्थामा फेला पारी उनको घरमा चेकजाँच गर्दा घरको कोठाबाट लुकाई छिपाई राखेको अवस्थामा १० मिलिग्राम ब्राउनसुगर फेला पारी पक्राउ गरेको हो ।
प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका उनको सम्बन्धित कार्यालयबाट थप अनुसन्धान भईरहेको प्रदेश प्रहरीले जनाएको छ ।


















