मोरङ।

मोरङका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले  ठुलो परिणमामा अबैध औषधी नियन्त्रण गरेको छ । शनिवार राती ईलाका प्रहरी कार्यालय रानीको प्रहरी टोलीले बिराटनगर–१६ बाट भारतबाट अबैध रुपमा लुकाएर ल्याउँदै गरेको  Glownec Gel  ५५ प्याकेट,Lifetin Tablets  १४४ प्याकेट गरी अन्दाजी आठ लाख बाउन्न हजार रुपैयाँ भन्दा बढीको औषधी बरामद गरेको छ । साईकलमा लोड भएको अवस्थामा बरामद भएको उक्त औषधीको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

त्यसैगरी ईलाका प्रहरी कार्यालय पथरीको प्रहरी टोलीले पथरी शनिश्चरे नगरपालिका–४ बाट प्रतिबन्धित औषधी ईस्पाइसपेन ५४०० चक्की र ट्रामाडोल ५२०० चक्कि बरामद गरेको छ ।

बिशेष सूचनाको आधारमा प्रहरी टोलीले स्थानिय एक सुगुर फार्म नजिक खाल्डोमा परालले छोपेर राखेको अवस्थामा उक्त परिणामको प्रतिबन्धीत औषधी बरामद गरेको हो । सो सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका  प्रहरी कार्यालय पथरीले जनाएको छ ।तस्वीर गुगलबाट