जलथल ।
झापाको हल्दिवारी गाउँपालिका वडा नम्बर ४ मा रहेको पाथिभरा कालिका वन उपभोक्ता समुहको वन क्षेत्र भित्र रूखको अवैध चोरी तस्करी बढेको छ।
स्थानीयका अनुसार त्यस वन क्षेत्रमा रूख काट्ने चेन्सो मिसिन (रूख काट्ने आधुनिक उपकरण) प्रयोग गरी सखुवा प्रजातिलगायत अन्य प्रजातिको समेत रूख काटिएको छ ।
समुदायिक वन क्षेत्र भित्र विभिन्न औजार उपकरणहरू प्रयोगगरी रूख काटिदा, चोरी चकारी हुँदा वन उपभोक्ता समिति भने बेखबर बनिदिदा त्यस कार्यमा वन समितिको मिलोमतोमा भएको स्थानीयको आरोप छ।
वन उपभोक्ता समुहले वन गस्तीमा जाँदा यस्तो अवैध चोरी चकारी भएको फेला पारेपछि वन समुहका अध्यक्ष चिरञ्जीवी पौडेललाई जानकारी समेत गराए तर पौडेलले बेवास्ता गरेको उनीहरू बताउँछन् ।
पछिल्लो समय जङ्गली हात्तीको कारण वन गस्ती रोक्ने काम वन समुहले गरिदिदा तस्करहरूलाई थप सहयोग र सजिलो भएको स्थानीयको बुझाई छ।
संरक्षणका लागि बनेको वन उपभोक्ता समुह नै वन तस्करीमा लागेको जानकारहरू बताउँछ । तर, यो पहिलो पटक भने होईन यसअघि पनि उक्त सामुदायिक वनमा चोरी तस्करी हुने गरेको स्थानीय दीपक उप्रेतीले जानकारी दिए ।