कनकाई।
झापाको कनकाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपाने र समाजसेवी शेरबहादुर थापा सम्मानित भएका छन् । राजवंशी समाज विकास केन्द्रिय समितिको आयोजनामा भएको राजवंशी समुदायको धर्म संस्कार सम्बन्धी प्रथम राष्ट्रिय सम्मेलनमा उनीहरुलाई सम्मान गरिएको हो ।
कन्काई–९ घैलाडुब्बा, कोच संग्रहालय भवनस्थित टेकनारायण बारीमा आयोजित कार्यक्रमका बीच न्यौपाने र थापालाई सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले सम्मान गरेका हुन् ।
संस्थाका उपाध्यक्ष बद्रीनारायण राजवंशीको अध्यक्षता तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो ।
कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोख्रेल, दर्पण राजवंशी लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रममा अरुणेदय इङलिस स्कूल घैलाडुव्वाका विद्यार्थीहरुले विभिन्न जातीय नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा ठाकुर ब्रम्हाणी धर्मसंस्कार समितिले ठाकुर गायन नृत्य प्रस्तुत गरेका थिए ।