झापा ।
नेपाल दशनामी समाज मोरङको चौथो जिल्ला अधिवेशन बेलबारीमा सम्पन्न भएको छ । शनिवार भएको अधिवेशनले मोहनचन्द्र गिरीको अध्यक्षतामा १९ सदस्यीय मोरङ जिल्ला समिति सर्वसम्मत चयन गरेको हो ।
नयाँ जिल्ला कार्य समितिको उपाध्यक्षमा विष्णुकुमार गिरी र महिलातर्फ गिता गिरी चयन भएका छन् । त्यस्तै सचिवमा ईश्वर गिरी, सह–सचिव प्रकाश पुरी, कोषाध्यक्ष भरत गिरी, सदस्य द्वारिका गिरी, वल बहादुर गिरी, गिताकुमारी गिरी, रामचन्द्र गिरीलगायत सर्वसम्मत चयन भएका छन् ।
मोरङ जिल्ला कार्यबाहाक अध्यक्ष केदार गिरीको अध्यक्षतामा भएको समाजका निवर्तमान केन्द्रीय अध्यक्ष रंजनकुमार गिरीको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा समाजका केन्द्रीय सचिव अशोक गिरी कार्यक्रममा विशिष्ट आतिथ्य रहेको थियो । सोही अवसरमा जिल्ला समितिले प्रकाशन गरेको दशनामी स्मारिका विमोचन गरिएको थियो भने विभित्र क्षेत्रमा योगदान गर्ने बन्धुहरुलाई सम्मानसमेत गरिएको थियो ।