बुटाबारी । 

रिजाल परिवारले छोरी श्रीनिकाको पहिलो बर्षको जन्मोत्सव कैदीबन्दीका बालबालिका तथा असाय बालबालिकाहरुसँग मनाएका छन् । बिर्तामोड ब्यवसायी जीवन रिजाल तथा लेडि जेसीज बिर्तामोडका सस्थापक अध्यक्ष सारदा रिजालले फजुल खर्च गरि जन्मोत्सव मनाउनु भन्दा असाय बालबालिकाहरुसँग सगै बसेर उनीहरुलाई केही सहयोग गरेर छोरीको जन्न्मोत्सब मनाएका हुन् । 

नातिनी श्रीनिका एक बर्ष लागेको शुभ जन्मोत्सवको अवसरमा बन्दी सहायता नेपालद्वारा संचालित मनमाया आमा तथा जगल गार्डेन ब्वाइज होम अर्जुनधारा ११ का १८ जना बालबालिकाहरुसँग रमाइलो गर्दै उनीहरुका लागि स्टेसनरी, खाद्यान्न प्रदान गरेको छन् ।

उनीहरुले सस्थाका झापा अध्यक्ष जगत बहादुर मगरलाई उक्त सामाग्री हस्तान्तरण गरेका ह्न । कार्यक्रममा श्रीनिकाका बुबा समित र आमा कल्पना रिजालले कल्पना गरे जस्तै स्थानमा छोरीको जन्मोत्सव मनाउदा धेरै खुसी लागेको बताए । उनीहरुले सस्थापक इन्दिरा राना मगरले गरेको यस कार्यप्रति आभार व्यक्त गरेका छन् । 

साथै आगामी दिनमा उनीहरुको शिक्षामा सहयोग गर्ने रिजाल दम्पतीले बताए । कार्यक्रममा श्रीनिकाको आउँदा दिन स्वास्थ्य समृद्धि र उज्वल भविश्यको शुभकामना साथै बालबालिका तथा सस्थालाई सहयोग गरेको भन्दै रिजाल परिवारलाई अध्यक्ष जगतबहादुर मगर सचिव रन्जित परियारले धन्यवाद व्यक्त गरेका थिए ।