सुरुङ्गा ।
झापाको कनकाई नगरपालिकाले पछिल्लो समय कनकाई–३ स्थित सुरुङ्गा बजारलाई ब्यवस्थित बनाउने भएको छ । नगर प्रमुख राजेन्द्रकुमार पोखरेलका अनुसार हालको कृषि बजारलाई टहरा निर्माणसँगै उक्त स्थानमा स्तान्तरण गर्ने र त्यहाँ सपिङ कम्प्लेक्स निर्माणका लागि प्राविधिकसहितको टोलीले अन्तिम निरिक्षण गरेको छ ।
सुरुङ्गा बजारस्थित राजमार्ग उत्तर पशुहाट लाग्ने स्थानमा कृषि बजारका लागि टहरा निर्माण कार्य अन्तिम चरणमा पुगेको नगर प्रमुख पोखरेलले जानकारी दिए । टहरा निर्माणसँगै हालको कृषि बजारलाई उक्त स्थानमा स्तान्तरण गर्ने र त्यस स्थानमा सपिङ कम्प्लेक्स निर्माण गरी ब्यवसायिलाई सहज रुपमा उपलब्ध गराउने नगर प्रमुख पोखरेलले बताए । कम्प्लेक्स निर्माणसँगै नगरको आयआर्जन बढ्ने र ब्यवसायिलाई पनि सहज हुने नगर प्रमुख पोखरेलको भनाई छ ।
हाल नगर प्रमुख पोखरेल कनकाई–३ मा रहेको सुरुङ्गा बजारलाई ब्यवस्थित गर्न लागिपरेका छन् । मेयर पोखरेलले यसअघि स्वास्थ्य, कृषि, शिक्षा, भौतिक पूर्वाधार, खोलानाला नियन्त्रण, बालबालिका, जेष्ठ नागरिक, अतिविपन्न, अल्पसंख्यक, बेरोजगार, एकल महिलालगायत आवश्यकता अनुसार बिभिन्न ठाउँमा लगानी गरी विकासलाई तिब्रता दिएका थिए । यतिवेला भने नगर प्रमुख पोखरेल सुरुङ्गा बजार ब्यवस्थित गर्नमा सक्रिय बनेका छन् ।
साबिक सुरुङ्गा र घैलाडुब्बा गाबिस मिलेर बनेको कनकाई नगरपालिकामा घैलाडुब्बा, लक्ष्मीपुर, दुर्गापुर र सुरुङ्गा गरी चारवटा मुख्य बजार छन् । ती बजारहरुमा पहिलेको तुलनामा पछिल्लो समय ब्यवस्थित बनाउन नगरपालिका लागि परेको प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले बताए ।
नगरले यसअघि कनकाई–९ को घैलाडुब्बा बजारमा ब्यवसायीका लागि ब्यस्थित टहरा निर्माण गरेको छ भने कनकाई–७ मा रहेको दुर्गापुर बजारमा पनि व्यवसायिका लागि ब्यस्थित सटर निर्माण गरी उपलब्ध गराइएको छ । त्यस्तै कनकाई–८ स्थित लक्ष्मीपुर चोकमा भने सडक फराकिलो बनाएर बजारका पसलहरुलाई ब्यवस्थित बनाइएको छ । हाल नगर प्रमुख पोखरेल कनकाई–३ मा रहेको सुरुङ्गा बजारलाई ब्यवस्थित गर्न लागि परेका हुन् ।