हल्दिवारी।
झापाको हल्दिवारी गाउँपालिका वडा नम्बर २ कालिमन्दिर बस्ने एक महिला शनिवार देखि बेपत्ता भएकी छ्न् ।
स्थानीय शुक्रबहादुर तामाङ कि श्रीमती २३ बर्षिया नरमाया तामाङ आफ्नी ३ बर्षिया छोरीलाई समेत छोडेर बेपत्ता भएकि परिवार जनले बताएका हुन् ।
उनका श्रीमान् एक बर्षदेखि बिरामी अवस्थामा रहेका छ्न भने घरमा ८० बर्ष नाघिसकेका सासुससुरा छन् । उनी शनिवारदेखि सम्पर्क बिहिन भएकी श्रीमान तामाङले बताए ।
उनको खोजी गरिदिन परिवारले स्थानीय प्रहरी चौकीमा जाहेरी समेत दिएका छ्न् ।