बिराटनगर ।

मोरङबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मोरङको बिराटनगर–१५ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरको प्रहरी टोलीले चेकजाँचको क्रममा बिराटनगर–६ का आयुफ अलीलाई ०.४५ ग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो ।

प्रतिबन्धित ब्राउन सुगरसहित पक्राउ परेका उनको सम्बन्धित कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको प्रदेश प्रहरीले जनाएको छ ।