मोरङ ।
मोरङको सुन्दरहरैचा नगरपालिका–१० स्थित राजमार्गमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।
मे १ ख २२८३ नम्बरको बसले बिपरित दिशाबाट आउँदै गरेको प्रदेश १–०२–०४३ प ३२४३ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा घाईते भएका मोटरसाईकल चालक सुन्दरहरैचा–६ का ३५ बर्षीय थमप्रसाद कोईराला र मोटरसाईकल पछाडि सवार रहेका उनका ६० बर्षीय बुवा उमाकान्त कोईरालालाई उपचारको लागि न्युरो अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रममा उमाकान्त कोईरालाको मृत्यु भएको हो ।
ठक्कर दिने बस र चालक बेलबारी नगरपालिका–११ का नर बहादुर मगरलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएर घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरीले जनाएको छ ।