झापा । 

झापाको मेचीनगर नगरपालिका वडा नं.६ बाट पिकअप गाडीमा लादै गरेको अवैध सुपारीसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

दक्षिणबाट उत्तरतर्फ जादैं गरेको प्र.१–०२–००२ च ५४३२ नम्वरको पिकअप गाडीलाई शंका लागेर चेकजाँच गर्दा आवश्यक कागजपत्र नभएको २ हजार केजी सुपाडी फेला परेको हो । 

ईलाका प्रहरी कार्यालय काँकरभिट्टाको प्रहरी टोलीले शंका लागेर पिकअप गाडीलाई चेकजाँच गर्दा भीसिटीएस लगायतको आवश्यक कागजपत्र नभएपछि नियन्त्रणमा लिएको हो । 

प्रहरीले गाडी चालक दमक नगरपालिका वडा नं.१ का २८ बर्षिय मुकेश चौधरी समेतलाई नियन्त्रणमा लिएर आवश्यक कार्वाहीको लागि आन्तरिक राजश्व कार्यालय ईटहरी पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।