झापा ।
ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाको प्रहरी टोलीले प्रतिबन्धित लागू औषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–६ गैरीगाउँ की २० बर्षिया सन्ध्या दर्जी अर्जुनधारा नगरपालिका वडा नं. ११ बुट्टाबारीका ३६ बर्षिय सागर गिरी रहेका छन् ।
दर्जीलाई मेचीनगर–६ बाट भारतबाट नेपालतर्फ पैदल आउँदै शंका लागेर चेकजाँच गर्दा उनकोे साथबाट प्रतिबन्धित लागूऔषध खैरो हेरोईन जस्तो देखिने लिसाईलो पदार्थ ३ ग्राम फेला परेको थियो ।
त्यसैगरी मेचीनगर ६ मै भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका गिरीलाई शंका लागेर चेकजाँच गर्दाउनको साथबाट प्रतिवन्धित लागूऔषध खैरो हेरोईन जस्तो देखिने लिसाईलो पदार्थ १ ग्राम ७०० मिलिग्राम फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।