मोरङ ।
मोरङको बिराटनगर–१५ स्थितबाट स्रोत नखुलेको अवैध भारतिय रुपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा भारत हरियानाका ३० बर्षीय सन्नी गुप्ता र ३४ बर्षीय सुरेन्द्र कुमार रहेका छन् ।
इलाका प्रहरी कार्यालय रानी (सिमा) को प्रहरी गस्ति टोलीले शंकास्पद अवस्थामा रहेका दुबै जनालाई चेक जाँचको क्रममा उनीहरुको साथबाट स्रोत नखुलेको भारतिय रुपैयाँ ७ लाख २० हजार बरामद गरेको हो ।
स्रोत नखुलेको अबैध रकम बरामद भएसँगै पक्राउ परेका उनीहरुको जिल्ला प्रहरी कार्यालय मोरङले थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरीले जनाएको छ ।