झापा । 

झापाको कनकाई नगरपालिका–३ बाट प्रतिबन्धित लागू औषधसहित दुई जनालाई  प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय सुरुङ्गाको प्रहरी टोलीले चेक जाँचको क्रममा शिवसताक्षी नगरपालिका–८ का २६ बर्षीय मदन बिश्वकर्मा र कनकाई नगरपालिका–४ का ४१ बर्षीय बासुदेव भेटवाललाई २ ग्राम ३६० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो । 

 पक्राउ परेका उनीहरुको इलाका प्रहरी कार्यालय अनारमनीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।