बिर्तामोड । 

झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ४ स्थित पश्चिम बस स्टेण्डबाट प्रतिबन्धित लागू औषधसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरी जिल्ला राजबिराज नगरपालिका वडा नं.७ का अन्दाजी ३५ बर्षिय महमद नसिम र सिराहा जिल्ला सखुवानकर्कटी गाउँपालिका वडा नं.२ का अन्दाजी .२० बर्षिय शिबशंकर यादव रहेका छन् । 

लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र ईलाका प्रहरी कार्यालय अनारमनीको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्दा उनीहरुको साथबाट प्रतिवन्धित लागू औषध खैरो हिरोईन जस्तो देखिने लिसाइलो पदार्थ अन्दाजी.१२ ग्राम फेला परेकोले प्रहरीले नियन्त्रणमा लिएको हो ।  

शंकास्पद अवस्थामा बसेको बेला शंका लागेर चेकजाँच गर्दा खैरो हिरोईन जस्तो देखिने लिसाइलो पदार्थ फेला परेपछि  उनीहरुलाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।