झापा ।
नेपाल दशनामी समाजको छैटौ महाधिवेशन आगामी चैत्र ३ र ४ गते सुनसरीको इटहरीमा हुने भएको छ । समाजले यसअघि फागुन २७ र २८ गते गर्ने भनिएको महाधिवेशनको मिति सरेको छ ।
समाजका अध्यक्ष रुद्र गिरीको अध्यक्षतामा बसेको बैठकले सो मिति तोकेको हो । त्यस्तै समाजले महाधिवेशनमा नयाँ कार्यसमितिको निर्वाचनका लागि उम्मेद्वारको मनोनयन दर्ता शुल्कसमेत फेर बदल गरेको छ ।
अध्यक्ष पदको उम्मेद्वारको लागि १० हजार, बरिष्ठ उपाध्यक्षका लागि ५ हजार र सदस्यका लागि ३ हजार रुपैयाँ उम्मेद्वारी मनोनयन दर्ता शुल्क तोकेको छ भने अन्य पदमा यथावत राखेको समाजका सचिव अशोक गिरीले जानकारी दिए ।
यस्तो छ केन्द्रिय समितिको परिपत्र :